दफा
परिषद् स्वशासित र संगठित संस्था हुने
(१) परिषद् अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) परिषद्को सबै काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच विखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
तर परिषद्ले अचल सम्पत्ति बेच विखन गर्नु अघि नेपाल सरकारको स्वीकृति अनिवार्य रुपमा लिनु पर्नेछ ।
(४) परिषद्ले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न सक्नेछ र परिषद् उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।
(५) परिषद्ले व्यक्ति सरह करार गर्न, करार बमोजिमको अधिकार प्रयोग गर्न तथा दायित्व निर्वाह गर्न सक्नेछ ।